पोखरा: अघि लागिन् मञ्जुदेवी

कास्की | जेठ २, २०७९

पोखरा: अघि लागिन् मञ्जुदेवी


पोखरा:   पोखरा महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रैसी उम्मेदवार कोपिला रानाभाटलाई पछि पारेकी छिन् ।   कुल १० हजार ५ सय ९० मत गणना गर्दा गुरुङले ४ हजार ३ सय ४४ मत प्राप्त गरेकी छिन भने निकटतम प्रतिद्वन्दी रानाभाटले ४ हजार २ सय ३२ मत पाएकी छिन् ।

 

रानाभाट भन्दा गुरुङ १ सय १२ मतले अगाडि छिन् । यसअघि कोपिला रानाभाटले अग्रता लिएकी थिईन् ।

 

यसैगरि मेयर पदका प्रत्यासी गठबन्धनका धनराज आचार्यले भने अग्रतालाई फराकिलो बनाउदै लगेका छन् । उनले ४ हजार २ सय ४० मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत पाएका छन् । 

 

तीन वडाको नतिजा सार्वजनिक

 

पोखरा महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सहारा प्रधान निर्वाचित भैसकेका छन् । यसैगरि वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भैसकेका छन् ।

त्यसैगरि वडा नम्बर १२ मा पनि सोही पार्टीकै सन्तोष बास्तोला निर्वाचित भएका छन् । अबको केही समयमै वडा नम्बर २३ को पनि नतिजा सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्